बैशाख ३० काठमाण्डौं । तेस्रो दक्षिण एशियाली बीमाका नियमनकारीहरुको सम्मेलन तथा अन्तराष्ट्रिय बीमा सम्मेलन २०१६ राजधानीमा आजबाट शुरु भएको छ ।
राजधानीको होटल याक एण्ड यतिमा उक्त सम्मेलन शुरु भएको हो । बिहान निकायहरुको बैठक बसेर नेपालको बीमा समितिलाई अध्यक्षता हस्तान्तरण गरेको छ । आज अर्थमन्त्री विष्णु पौडेलले उक्त सम्मेलनको उद्घाट गर्नु हुने छ ।
सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश सहित का दक्षिण एशियाका आठ मुलुक बाहेक जर्मन लगायतका मुलुकका प्रतिनिधिहरुले पनि सहभागीता जनाउने बीमा समितिले जनाएको छ ।
भोली सम्म चल्ने सम्मेलनमा बीमाका विभिन्न शीर्षकहरुमाथि छलफल हुने बीमा समितिका निर्देशक राजु रमण पौडेलले जानकारी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline