निति तथा कार्यक्रममाथि छलफल आज सकिने

निति तथा कार्यक्रममाथि छलफल आज सकिने

  • बिहिबार, बैशाख ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ३० वैशाख । 

व्यवस्थापिका संसदमा आजपनि सरकारले पेश गरेको निति तथा कार्यक्रममाथि छलफल हुदैछ ।

निति तथा कार्यक्रम तथा त्यसमाथि परेका संशोधन प्रस्तावमाथि बिहान ११ बजेबाट छलफल सुरु हुने संसद सचिवालयका सहयक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममाथि छलफल आजै सक्काउने तयारी भएको संसद सचिवालयले जनाएको छ । छलफल सकिएपछि निति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले भोली संसदमा जवाफ दिने कार्यसुची रहेको छ ।

निति तथा कार्यक्रममा आधारित रहेर सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी भएको छ ।

यसैबीच, वर्षे अधिवेश सुरु भएदेखि नै संसद बैठक बहिस्कार गर्दै आएको आन्दोलनरत मधेशी मोर्चा तथा विभिन्न जनजाति दल आवद्ध संघीय गठबन्धनले आज पनि त्यसलाई निरन्तरता दिने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ