वीर अस्पताल आसपासका मेडिकलबाट लागूऔषध बरामत

वीर अस्पताल आसपासका मेडिकलबाट लागूऔषध बरामत

  • बुधबार, बैशाख २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

काठमाडौ,२९ वैशाख ।
लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंको वीर अस्पता वरिपरिका विभिन्न औषधि पसलहरुमा छापा मारेर अवैध रुपमा विक्री गर्न राखिएको नियन्त्रित लागूऔषध बरामद गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो र औषधि विभागको संयुक्त टोलीले वीर अस्पताल नजिकै महावैद्धमा रहेका आयुष फर्मा, सन्तोष फर्मा, सत्यम फर्मा र आरफ फर्माबाट नियन्त्रित लागूऔषध बरामद गरेको छ ।

आयुष फर्माबाट मफिर्मस्लुपाथ १ सय ५२ बोतल, डाइजेपाम, क्लोनाजपाम १९ सय ८४ ट्याब्लेट लगायतका नियन्त्रित लागूऔषध करिब ६ हजार थान बरामद गरिएको छ ।

त्यस्तै सन्तोष फर्मा बाट करिब ६५ सय ट्याब्लेट तथा झोल, सत्यम फर्माबाट नियन्त्रित लागूऔषध कोडो ट्याब २ सय ६ थान बरामद गरेको छ ।

छामा मारिएको औषधि पसलहरुबाट नियन्त्रित लागूऔषध १५ हजार थान भन्दा बढी बरामद गरिएको ब्युरोले जनाएको छ ।

ब्यूरोको टोलीले छापा मारिएको औषधि पसलका संचालकहरुलाई पनि नियन्त्रणमा लिए कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

उनीहरुले नियन्त्रित लागूऔषधहरुको कुनै लगत नराखी विक्री गरेको र त्यस्ता लागूऔषध डाक्टरको स्वीकृतिमा मात्रै विक्रि गर्न पाइने भए पनि व्यवसायीहरुले अवैध रुपमा विक्री गर्ने गरेको भेटिएको ब्यूरोले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी