काठमाण्डौ, २९ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिवद्धता र विश्वासका साथ अघि बढिरहेको भन्दै आफू नेतृत्वको सरकार संकटमा नरहेको दाबि गर्नुभएको छ ।
राजधानीको याक एन्ड यति होटलमा आज अपरान्ह नेपालस्थित कुटनीतिज्ञ र दातृनिकायका प्रतिनिधिसँगको ’ब्रिफिङ’ मा उहाँले यहाँको धरातल बुझिदिन अन्तर्राष्ट्रय समुदालयलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माण सोचे अनुरुप अघि बढ्न नसकेको स्वीकार्दै अब सरकार एजेन्डाका साथ पुनर्निर्माणमा अघि बढेको बताउनुभयो ।
पुनर्निर्माण प्राधिकरण बनाउनै झन्डै एक वर्ष लागेको जानकारी गराउदै ओलीले भूकम्पमा ध्वस्त भएका आठ लाख घरहरुको पुनर्निर्माण गर्न कठिन भएको तर सरकार दू्रत गतिमा निर्माण अघि बढाउन लागि परेको स्पष्टिकरण समेत दिनुभयो । सरकार मानवअधिकारप्रति प्रतिवद्ध रहेको बताउँदै शान्ति प्रक्रियामा राष्ट्रघसहित विश्वसमुदायले खेलेको भूमिकाको पनि उहाँले स्मरण गर्नुभयो ।
करबि सवा घन्टासम्म चलेको ब्रिफिङ कार्यक्रममा भारत र र चीनका राजदूतसहित काठमाडौंस्थित अन्तर्रा्ष्ट्रिय समुदायका कुटनीतिज्ञ, दातृनिकायका प्रतिनिधि र अन्तर्रा्ष्ट्रिय समुदायका सदस्य उपस्थित थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रयोग गरेर सरकार ढाल्न गरेको प्रयास असफल भएपछि उत्पन्न परिस्थितिबारे प्रम ओलीले कुटनीतिज्ञहरुसँग ‘ब्रिफिङ’ गर्नुभएको हो ।