एजेन्सी ,३९ वैशाख ।
महिलाले ५५ बर्षको उमेरसम्म मात्रै सन्तानलाई जन्म दिन सक्छन् तर भारतमा भने एक ७२ बर्षिय महिलेले बच्चा जन्माएकी छिन् ।
भारतमा पञ्जाव राज्यकी ७२ वर्षीया दलजिन्दर कौर बिबाह गरेको ४६ बर्ष पछि आमा बनिन् । उनले गत महिनाको १९ अप्रिलमा आइभिएफ पद्धतिबाट सन्तान जन्माएकी हुन् । उनका पति ७९ बर्षका छन् ।
भारतीय संचारमाध्यमका अनुसार हरियाणाको एक क्लिनिकमा दुई वर्षसम्मको उपचारपछि दलजिन्दर कौर र उनका पति मोहिन्दर सिंह गिललाई सन्तानको सुख प्राप्त भएको हो ।
बच्चा जन्मिएपछि उनले मातृत्व सुख प्राप्तिसँगै आफ्नो जीवन साकार भएको बताइन् । जन्मदा बच्चाको वजन दुई किलो थियो । भगवानको आशिर्वाद सम्झेर उनीहरुले बच्चाको नाम ‘अरमान’ राखेका छन् ।
दलजिन्दर कौरका अनुसार उनीहरुले बिहेको ४६ वर्षसम्म सन्तान सुखका लागि तड्पिनु परेको थियो । उनीहरुले सन्तान प्राप्तिको आशासमेत मारिसकेका थिए । तर आइभिएफ पद्धतिबाट सन्तान हुनसक्ने थाहा पाएर खुसि भएका उनीहरुले भगवानले आफुहरुको पुकार सुनेको बताए ।
७२ बर्षिय बृद्ध महिलाले यो उमेरमा पनि आफ्नो सन्तानको हेरचाहमा अभूतपूर्व जोस आएको बताउदै भनिन् ‘यस्तो उर्जा मैले कहिल्यै महसुस गरेकी थिइनँ ।’
तर उनले नवजात शिशुलाई दुध भने खुवाउन सक्दिनन् ।
दलजिन्दरका अनुसार उनीहरुले एक विज्ञापनमार्फत आइभिएफ पद्धतिबाट बच्चा जन्माउन सकिने थाहा पाएका थिए । त्यसपछि उनीहरु अन्तिम प्रयासका लागि सो क्लिनिक पुगेका थिए । त्यहाँ उनले आफ्नो उमेर ७० वर्ष बताएकी थिइन् । तर चिकित्सकले उनको उमेर ७२ वर्ष पुगेको थाहा पाएका थिए ।
दलजीन्दरको उपचारमा सम्लग्न चिकित्सकले भारतमै यसअघि एक ७० बर्षिय महिलाले पनि बच्चा जन्माएकी थिईन तर उनको दुई साल पछि मृत्यु भएपछि अहिले त्यो बच्चाको आफन्तले पालनपोषण गरिरहेका छन् ।
सन् २००८ मा हरियानाकी राजो देवीले ७० वर्षको उमेरमा सन्तान जन्माएकी थिईन् ।
