भक्तपुर, २९ बैशाख।
नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानिय निकायको निर्वाचनको मिति तय भएता पनि भारतले नचाहे सम्म निर्वाचन असम्भव रहेको बताउनु भएको छ ।
भत्तपुरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाले स्थानिय निकायको निर्वाचन हुन नदिन नेपाली काँग्रेस, एमाओवादी र मधेशबादी दलहरुलाई भारतले उपयोग गरेको आरोप समेत लगाउनु भयो ।
बिजुक्छेले उहाले सरकारको निर्णय भन्दा पनि काँग्रेस पार्टीको कार्यकर्ताका भूमिका खेलकै कारण भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्यायलाई फिर्ता बोलाईएको भन्दै सरकारको कदम सहि भएको टिप्पडी गर्नुभयो ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्र आएपनि यसलाई लागु गर्न नसके यसको अर्थ नरहने धारणा राख्नुभयो ।
झन्डै २२ हजार कर्मचारी अहिलेपनि भारतीयपक्षबाट पैसा बुझदै आएको भन्दै उहाले त्यस्ता कर्मचारीको पहिचान गरि कार्वाहि गनुपर्नेमा जोड दिनुभयो ।
एमाले र एमाओबादी बीच भएको नौ बुदे सहमती उनीहरुको राजनीतिक सहमती भएको र यसले संबैधानिक मान्यता नपाएकाले आफ्नो यसमा कुनै सहमती नरहेको पनि उहाँले प्रष्ट पार्नु भयो ।
यस्तै बिजुक्छेले सरकारले बिकास बजेटका नाममा आफ्ना कार्यकर्ता र ठकेदारलाई पोषण गर्ने परम्पराका अन्त्य गर्दै बिकास बजेटको सदुपयोग गर्न कडा नियम बनाउनुपर्नेमा जोड दिनुभयो ।
उत्तर तर्फको नाकाको बिस्तारमा नेपाल सरकारले बिगतमा आवाज उठाएता पनि भारतको हस्तक्षेपकै कारण फेरी सुस्त गति लिएको भन्दै उहाँले उत्तर तर्फको सम्बन्ध बिस्तारले नेपाल र नेपालीको हित हुने बताउनु भयो ।