दाङमा द्धन्द्धकालका १ सय २० वटा उजुरी दर्ता

दाङमा द्धन्द्धकालका १ सय २० वटा उजुरी दर्ता

  • बुधबार, बैशाख २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ ,२९ वैशाख ।
दाङ जिल्लाबाट द्धन्दकालका अहिलेसम्म १२० वटा उजुरी दर्ता भएका छन् ।

स्थानीय शान्ति समितिका कार्यालय सचिव हेमराज अधिकारीका अनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगतर्फ ९५ वटा र बेपत्ता छानबिन आयोगतर्फ २५ वटा उजुरी दर्ता भएका छन् ।

वैशाख २ गतेदेखि सुरु गरिएको उजुरी सङ्कलन अभियान आगामी असार २ गतेसम्म जारी रहनेछ । बलात्कार, अपहरण, हत्या, घरध्वस्त, विस्थापन, घाइते, अङ्गभङ्ग, लुटपाट, यातना लगायतका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा पीडितले उजुरी दिइरहेका छन् ।

यस्तै सशस्त्र द्वन्द्वको उद्गमस्थल रोल्पामा सत्यनिरुपण र बेपत्ता आयोग दुबैमा गरी आजसम्म २९३ वटा उजुरी दर्ता भएको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ ।

रोल्पा जिल्लाभर १९ हजारभन्दा बढी द्वन्द्वपीडित भए पनि न्यून सङ्ख्यामा मात्रै उजुरी आएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ