संसदमा आजपनि निति तथा कार्यक्रममाथि छलफल हुदै

संसदमा आजपनि निति तथा कार्यक्रममाथि छलफल हुदै

  • बुधबार, बैशाख २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ २९ वैशाख । 

व्यवस्थापिका संसदमा आजपनि सरकारले पेश गरेको निति तथा कार्यक्रममाथि छलफल हुदैछ ।

निति तथा कार्यक्रम तथा त्यसमाथि परेका संशोधन प्रस्तावमाथि बिहान ११ बजेबाट छलफल सुरु हुने संसद सचिवालयका सहयक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममाथि विभिन्न दलहरुले दुई दर्जन बढी संशोधन प्रस्ताव दर्ता गराएका छन् । हिजोबाट सुरु भएको निति तथा कार्यक्रममाथिको छलफल भोलीसम्म चल्ने संसद सचिवालयले जनाएको छ ।

निति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ३१ गते जवाफ दिनुहुने कार्यतालिका रहेको छ । निति तथा कार्यक्रममा आधारित रहेर सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनेछ ।

यसैबीच, वर्षे अधिवेश सुरु भएदेखि नै संसद बैठक बहिस्कार गर्दै आएको आन्दोलनरत मधेशी मोर्चा तथा विभिन्न जनजाति दल आवद्ध संघीय गठबन्धनले आज पनि त्यसलाई निरन्तरता दिने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ