बैशाख २८, सिन्धुली ।
पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले भूकम्पपछिको पुनर्निर्माण र संक्रमणकालमा देशलाइ सही दिशामा लैजान राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
सन्धुलीको भद्रकाली गाविसमा आज आयोजीत कार्यक्रममा नेता नेपालले पुनर्निर्माण र मुलुकको वर्तमान गतिरोध अन्त्य गर्न राष्ट्रिय सहमतीको सरकार बन्नु पर्ने बताउनु भयो ।
उहाले सहमतिको सरकारको नेतृत्व विवादमा नलागी देश बनाउनेलाइ अगाडि बढाउनुपर्ने तर्क गर्नुभयो ।
नेता नेपालले भ्रष्टाचारलाई प्रमुख शत्रु मानेर देश विकासको संकल्पलाइ मुलमन्त्र बनाएर राजनीतिक दल तथा नेताहरु अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline