नीति तथा कार्यक्रम उद्योग मैत्री : मन्त्री पाण्डे

नीति तथा कार्यक्रम उद्योग मैत्री : मन्त्री पाण्डे

  • मङ्लबार, बैशाख २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

भक्तपुर, २८ बैशाख ।

उद्योग मन्त्री सोम प्रसाद पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रम उद्योग मैत्री रहेको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपाल र नेपालीको पहिलो आवश्यकता आर्थिक क्रान्ति रहेको भन्दै अहिले सम्मकै अत्यन्त राम्रो रहेको नीति तथा कार्यक्रम उद्योग मैत्री हुने दाबी गर्नु भयो ।

उहाँले दैलेखमा रहेको इन्धनको अन्बेषणका लागि चिनिया टोली पुगिसकेको र नेपालका अन्य दश व्लकमा रहेको इन्धनको समेत तत्कालै अन्बेषण गरिने बताउनु भयो । सरकारले उद्योग बिस्तारका लागि नेपालका सात प्रदेशमा जमीन छुट्टाइ सकेको र नेपाली उत्पादनलाई पहिलो प्राथामिकता दिनुका साथै यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा झन्डै ३० लाखले रोजगारी पाउने बताउनु भयो ।

उहाँले नेपाली उत्पादनका उद्योगहरुलाई विभिन्न किसिमका सहुलियत समेत उपलब्ध गराउनु साथै नेपाली उत्पादनलाई जोड दिने बताउनु भयो । नेपाल सरकारले विभिन्न स्थानमा खोल्न थालेका उद्योगले नेपालको आर्थिक परिवर्तनमा ठूलो भूमिका खेल्नुसाथै देशलाई स्वालम्वन पार्ने टिप्पणी गर्नु भयो ।

सरकार परिवर्तनको बिषय हल्ला र कसैको इच्छा मात्र भएको भन्दै मन्त्री पाण्डेले भन्नु भयो यो सरकारले नै स्थानिय निकायको निर्वाचनका साथै प्रतिनिधिसभाको निर्वाचन गर्नेछ । संबैधानिक जटिलता रहेकाले समेत संबिधानको केहि धारा संशोधन नगरेसम्म सरकार परिवर्तन गर्न नसकिने उहाँले बताउनु भयो । एमाओबादीसँग सहमती गरेको नौ बुदेले राजनीतिक बातावरणमा नकारात्मक असर नपार्ने भन्दै यो सहमती राजनीतिकरुपमा गरिएको उहाँले बताउनु भयो ।

भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले देशका लागि कुटनीतिक सवालता प्रदर्शन गर्न नसकेकाले उनलाई फिर्ता बोलाएको पाण्डेले बताउनु भयो । राष्ट्रपतिको भारत भ्रमण रद्द हुनुमा अन्य कारण भन्दा पनि कुम्भ मेलालाई प्राकृतिक चपेटाले झेल्नु नै रहेको उहाँको भनाई छ ।

लामो समयसम्म पनि स्थानिय निकायको निर्वाचन गर्न नसक्दा देशको अर्थतन्त्र र बिकासमा अबरोध पुगेको सबै राजनीतिक दलहरुले महशुस गरेकै कारण सरकारले निर्धारण गरेको मिति मै स्थानिय निकायको निर्वाचन सम्पन्न हुने मन्त्री पाण्डेले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी