काठमाण्डौ ,२८ वैशाख ।
उपत्यका सहित देशका बिभिन्न स्थानमा आज मध्यान्ह देखि पानी परेको छ । अचानक आकाशमा बादल लागेर अध्यारो भई बर्ष सुरु भएको हो । केहि स्थानहरुमा हल्का असिना समेत परेको थियो ।
अहिलेपनि हल्का बर्ष भईरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले एकाएक उत्पन्न भएको स्थानीय वायुमण्डलीय प्रणाली र पानी पार्ने बादल विकास भएपछि वर्षा भएको बताउनुभयो ।
उहाँका अनुसार मध्य र सूदूरपश्चिमका जिल्लामा पनि वर्षा भईरहेको र आज राति देखि भने सुधार हुने उहाँले वताउनुभयो । साथै मध्य र सुदुरपश्चिममा भने हिजोदेखि नै मौसमी प्रणालीका कारण वर्षा भइरहेको वताउनुभयो ।
वर्षा भएसँगै जल तथा मौसम विज्ञान विभागले मुलुकका ७१ वटा ठूला नदीमा बाढीको सम्भावित भविष्यवाणी समेत गरेको हाइड्रोलोजिष्ट विनोद पराजुलीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline