केन्द्रले लादेको योजना अनुसार काम गर्दा कर्णाली पछि पर्यो : बिजुक्छे

केन्द्रले लादेको योजना अनुसार काम गर्दा कर्णाली पछि पर्यो : बिजुक्छे

  • मङ्लबार, बैशाख २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २८ वैशाख ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्वायत्तता र विकेन्द्रीकरण बिना कर्णालीको विकास हुन नसक्ने बताउनु भएको छ ।

जुम्लामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले केन्द्रले लादेको योजना अनुसार काम गर्दा कर्णाली पछि परेको बताउनु भयो ।

अध्यक्ष बिजुक्छेले पछिल्लो चरणमा विकास निर्माणका लागि छुट्याएको रकम दलले खाने गरेको आरोप लगाउँदै आफ्ना कार्यकर्तालाई कमिसन, घुसखोरी र भ्रष्टाचारमा संलग्न नहुन निर्देशन समेत दिनु भएको छ ।

त्यस्तै उहाँले देशको कूटनीतिक मर्यादा विपरीत क्रियाकलाप गर्ने भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई कारबाही गर्नुपर्ने धारणा राख्नु भएको छ ।

राजदूत कुनै पार्टीको कार्यकर्ता नभई नेपालको प्रतिनिधि भएकाले सिङ्गो नेपाली जनताको भावना बोल्न सक्नुपर्ने उहाँको भनाई थियो ।

एक अर्को प्रसङ्गमा उहाँले नाकाबन्दीको सम्पूर्ण जिम्मेवारी मधेसवादी दलले लिनुपर्ने जिकिर गर्नुभएको छ । उहाँले नेता नेपालको बनेर भारतको इसारामा चल्ने काम बन्द गर्नुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ