काठमाडौ २८ वैशाख ।
व्यवस्थापिका संसदमा आजबाट सरकारले पेश गरेको निति तथा कार्यक्रम माथि छलफल हुदैछ । आजबाट तीन दिनसम्म नीति तथा कार्यक्रममाथि संसदमा छलफल गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
यसअघि हिजो नीति तथा कार्यक्रममाथि विभिन्न दलहरुले दुई दर्जन बढी संशोधन दर्ता गराएका थिए । संशोधन प्रस्ताव सहित निति तथा कार्यक्रममाथि विहान ११ बजेबाट छलफल सुरु हुने संसद् सचिवालयका सहप्रवक्त सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रमको आलोचना गर्दै आएको कांग्रेसले सोही अनुसार संसदमा प्रस्तुत हुने तयारी गरेको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले पनि निति तथा कार्यक्रमको रचनात्मक बचाउ गर्न आफ्ना सांसदलाई निर्देशन दिइसक्नुभएको छ ।
निति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री ओलीले आगामी वैशाख ३१ गते जवाफ दिनुहुने कार्यतालिका छ ।