जिविस काठमाण्डौको चालु आवको प्रगति विवरण सार्वजनिक

जिविस काठमाण्डौको चालु आवको प्रगति विवरण सार्वजनिक

  • सोमवार, बैशाख २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाण्डौ, २७ बैशाख ।

जिल्ला विकाश समिती काठमाण्डौले चालु आर्थिक २०७२, ७३को हालसम्मको संक्षिप्त प्रगति विवरण सार्वजनिक सुनुवाई गर्दै प्रस्तृुत गरेको छ ।

जस अनुसार विगतका आर्थिक बर्षदेखि क्रमागत आयोजना अन्र्तगत चालु आर्थिक बर्षका लागी मात्रै ४ करोड ५० लाख विनियोजन गरिएकोमा ७ ओटा सम्झौता कार्यान्वनको चरणमा रहेको जानकारी गराईएको छ ।

त्यस्तै चालु आर्थिक बर्षका लागी संघिय मामिला तथा स्थानिय विकाश मन्त्रालयबाट २ करोड ६३ लाख, ९७ हजार ८ सय ८७ रुपैयाँ ९१ पैसा बराबरको रकम निकासाको माग गरिएको छ ।

यस्तै नदि कटान तथा पहिरो नियन्त्रणका एवम यातायात सुचारका लागी आकस्मिक मर्मत सम्भार सम्बन्धि १३ ओटा योजनामका लागी मात्रै ३८ लाख ५९ हजार रकम विनियोजन भएकोमा १० योजना सम्पन्न भई २७ लाख ४४ हजार खर्च भएको लगायत जानकारी गराईएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा पुर्वाधार बिकाश लागी जनसमुदायले बिभिन्न मागहरु प्रस्तु गरेका छन् । ति सबै जनगुनासा तथा मागहरुको संक्षिप्त जवाफ दिदै जिविसका स्थानिय विकाश अधिकरी गोपाल कुमार अधिकारीले गुनासालाई आत्मसाथ गर्दै आवश्यक मागको परिपर्तिका लागी लागि पर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

सो अवसरमा जिविस, नगरपालिकाका तथा विषयगत कार्यालयका प्रमुख तथा प्रंतिनिधीहरुको उपस्थिीतरु रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी