म्याग्दी,२७ वैशाख ।
म्याग्दीको निस्कोटमा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि पाँचजना घाइते भएका छन् ।
दर्बाङबाट निस्कोटका लागि छुटेको ग १ ज ५१०६ नम्बरको बलेरो जीप आज निस्काट–४ कोदालीबाङस्थित कच्ची सडकबाट अन्दाजी एकसय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
जीपमा सवार १० जनामध्ये ५ जनाको मृत्य भएको र ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते ५ जनालाई एम्बुलेन्समार्फत दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय दरबाङबाट ९ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धारको काम गरिरहेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक लोकेन्द्र सिगुरुको कमाण्डमा थप ९ जनाको प्रहरी टोली घटनास्थतर्फ पठाइएको प्रनाउ खड्काले बताउनुभएको छ ।