सञ्चार क्षेत्रलाई नीति तथा कार्यक्रम नसमेटिएकोमा महासंघको आपत्ति

सञ्चार क्षेत्रलाई नीति तथा कार्यक्रम नसमेटिएकोमा महासंघको आपत्ति

  • सोमवार, बैशाख २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ ,२७ वैशाख ।
नेपाल पत्रकार महासंघले सञ्चार क्षेत्रका केही महत्वपूर्ण विषय सरकारको नीति तथा कार्यक्रममा नसमेटिएकामा असन्तुष्टि प्रकट गरेको छ ।

महासंघका महासचिव उजिर मगरद्वारा जारी विज्ञप्तिमा आर्थिक वर्ष २०७३र७४ लागि प्रस्तुत नीति तथा कार्यक्रममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अनुगमन, आमसञ्चार नीति कार्यान्वयन, पत्रकारको योग्यताको मापदण्ड, सञ्चारमाध्यमको मापदण्ड निर्धारण गरी वर्गीकरण तथा विशिष्टीकरण गर्नेलगायत विषय समेटिए पनि केही महत्वपूर्ण विषय छुटेको उल्लेख छ ।

पत्रकार क्षमता अभिवृद्धिका लागि राष्ट्रिय आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारको स्वास्थ्य बीमा, निर्दे्शिकासमेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, ज्येष्ठ पत्रकार सम्मान वृत्तिलगायत विषय समावेश गर्ने प्रतिबद्धता सरकारले जनाए ती नसमेटिएको महासंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ