सरकारको निति तथा कार्यक्रम चुनावी घोषणा जस्तो भयो : नेता सिंह

सरकारको निति तथा कार्यक्रम चुनावी घोषणा जस्तो भयो : नेता सिंह

  • सोमवार, बैशाख २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौ ,२७ वैशाख ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रम चुनावी घोषणापत्र जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

काभ्रेको धनेश्वरमा आज आयोजित कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता सिंहले सरकारको बजेट पनि प्रचारमुखी बाहेक नहुने दावी गर्नुभयो ।

सरकारले आफ्नो असफलता ढाकछोप गर्न र सस्तो लोकप्रियता कमाउनका लागि नीति तथा कार्यक्रममा महात्वाकांक्षी योजना ल्याएको उहाँले बताउनु भयो ।

नेता सिंहले वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेकाले छिट्टै ढल्ने जिकिर समेत गर्नुभयो । सरकारमा सहभागि उपप्रधानमन्त्री र मन्त्रीहरुले नै साउन भित्र सरकार परिवर्तन हुन्छ भनेकाले दिन गन्ति सुरु उहाँको भनाई थियो ।

संविधान कार्यान्वयन गर्न र भूकम्प पीडितलाई राहात तथा पुनःस्थापन गराउन नसकेकाले सरकार असफल भएको उहाको दाबी छ ।

कार्यक्रम नेता सिंहले एक करोड ६४ लाख रुपैयाँमा निर्माण हुन लागेको धनेश्वर महादेवको मन्दिरको शिलान्यास समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ