एजेन्सी ,२७ वैशाख ।
बलिउडका सबैभन्दा पाका अर्थात अविवाहित कलाकारकोरुपमा गनिन थालेका अभिनेता सलमान खानलाई अहिले सम्म कति युवतीले विवाहको प्रस्ताव राखे त्यसको हिसाव छैन । उनले रोमान्स नगरेका सुन्दरी बलिउडमा दुर्लभ नै छन् ।
भारतीय सञ्चार माध्मको अनुसार बलिउड स्टार सलमान खानको यो वर्ष विबाह हुने भएको छ। भारतीय सञ्चार माध्यले बिभिन्न स्रोतलाई उद्धृत गर्दै समाचार छापेका छन् ।
सलमानकी आमाले आफू छँदा नै छोराले घर बसालोस् भन्ने चाहेकाले सलमानले विवाह गर्न चाहेको सञ्चार माध्यममा खबर छ ।
आमा बिरामी परेको र आमाको इच्छा भएको कारण यो वर्ष विवाह गर्न लागेको डेली भासकरमा समाचार छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline