एमाले संसदीय दलको बैठक आज बस्दै

एमाले संसदीय दलको बैठक आज बस्दै

  • सोमवार, बैशाख २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २७ वैशाख ।  

सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । अपरान्न ३ बजेपछि नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा संसदमा पेश भएको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममाथि छलफल हुने बताइएको छ ।

प्रमुख पतिपक्षी दल नेपाली कांग्रेस लगायतका विपक्षी दलहरुले सरकारको निति तथा कार्यक्रमको विरोध गरेपछि त्यसको रचनात्मक बचाउ गर्ने सम्बन्धमा छलफल गर्न बैठक बैठक बोलाइएको हो ।

कांग्रेसले म्यादी सरकारले ल्याएको बजेटको कुनै औचित्य नभएको भन्दै विरोध गरेको छ ।

सांसदको बुझाइमा एक रुपता ल्याउन निति तथा कार्यक्रममा संलग्न नेता तथा योजना आयोगका पदाधिकारीले बैठकमा आगामी बजेटबारे जानकारी गराउने एमाले प्रमुख सचेतक भानुभक्त ढाकालले जानकारी दिनुभयो ।

बजेटको सकरात्मक पक्षबारे सांसद जानकार भएपछि सरकारको निति तथा कार्यक्रमबारे रचनात्मक बचाउका लागि सहयोग पुग्ने उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ