सरकारको महत्वकाक्षी यो घोषणा लागू होला त ?

सरकारको महत्वकाक्षी यो घोषणा लागू होला त ?

  • आइतवार, बैशाख २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

बैशाख २६ काठमाण्डौं । सरकारले आईतबार घोषणा गरेको नीति तथा कार्यक्रममा केही महत्वकाक्षी परियोजना सार्वजनिक भएको छ । राष्ट्रपति विद्या देवी भण्डारीले ससदमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
नीति कार्यक्रम अन्तर्गतका केही नौला र महत्वपूर्ण कुराहरु यस्ता छन् ।
. बेरोजगार युवालाई शैक्षिक प्रमाण पत्रका आधारमा विना धितो निर्व्याजी क्रृणको व्यवस्था गर्ने ।
.भूकम्प प्रभावित जिल्लाहरुमा एक घर एक रोजगारको व्यवस्था गर्ने र अन्य युवालाई पनि यसको व्यवस्था गर्ने ।
.स्थानीय निकायको निर्वाचन आगामी मंसीर महिनामा गर्ने ।
. भूकम्प पीडितका लागि २ लाख घर निमार्णका लागि अनुदानको व्यवस्थाका साथै घर धनीहरुको सामुहिक जमानीमा ३ लाख विना धितो क्रृण र काठमाण्डौंमा २५ लाख र बाहिरी जिल्लामा १५ लाख सहुलियत कर्जा उपलव्ध गराउने ।
. पाच वर्ष भित्र भूकम्प बाट प्रभावित सबै संरचनाको पुननिमार्ण गरि सक्ने ।
. खाद्य, औषधि र ऊर्जामा आत्मनिर्भर हुने बाटोबाट प्रस्थान गरी दिगो, स्वाधीन, आत्मनिर्भर र न्यायपूर्ण अर्थतन्त्र निर्माणतर्फ मुलुकलाई अघि बढाउने ।
. औद्योगिक पूर्वाधारकालागि प्रत्येक प्रदेशमा तीन वर्ष्भित्र सम्पन्न गर्नेगरी कम्तीमा एक ठूला औद्योगिकक्षेत्र स्थापना गर्ने कार्य यसै वर्षदेखि सुरु गरिने छ ।

. वि. सं २०८२ भित्र दश हजार मेघावाट जलविद्युत उत्पादन गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने छ ।
.पूर्व–पश्चिम राजमार्गको काकरभिट्टा–बुटवल खण्डलाई चार लेनको ‘द्रुत मार्ग’को रूपमा निर्माण गर्ने कार्य प्रारम्भ गरिने छ । निर्माणाधीन पुष्पलाल मध्यपहाडी राजमार्गको विभिन्न खण्डमा सुरु गरिएको कालोपत्रे तथा पुलहरूको निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइने ।
. दुर्गम एवं ग्रामीणक्षेत्रमा जोखिमयुक्तरूपमा प्रयोग भइरहेका सार्वजनिक तुइनलाई आगामी आर्थिक वर्ष्भित्र झोलुङ्गे पुल निर्माण गरी विस्थापन गरिने ।
. दशलाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०१८ लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउनकार्यक्रम सञ्चालन गरिने योजना सरकारले सार्वजनिक गरेको छ ।
. आधारभूत शिक्षामा सबै नागरिकको हक सुनिश्चित गर्दै कक्षा १२ सम्मको माध्यमिक शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क तुल्याउँदै लगिने छ । विद्यालय र क्याम्पसहरूमा इन्टरनेट सेवाको बिस्तार गरिने छ ।
. न्यूनतम आवास सुविधा नागरिकको हक भएको र यसको व्यवस्था गर्नु राज्यको कर्तव्य भएकोले न्यून आय भएका वर्गलाई लक्षित गरी जनता आवास कार्यक्रम सञ्चालन गरिने छ । यस कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्षमा दलित, लोपोन्मुख र विपन्न वर्गकालागि २० हजार घर निर्माण गरी जनतालाई हस्तान्तरण गरिने छ ।

. युवाहरूको उद्यमशीलता विकास गर्दै उत्पादनसँग जोड्न युवा स्वरोजगार कार्यक्रमलाई बिस्तार गरी प्रति वर्ष ५० हजार युवालाई स्वरोजगार बनाइने छ भने युवा स्वरोजगार कार्यक्रम, कृषिको पकेटक्षेत्र विकास कार्यक्रम एवं लघु तथा घरेलु उद्योग कार्यक्रमबीच समन्वय गरी‘दश युवा, एक युवा उद्यम कार्यक्रम’ आगामी आर्थिक वर्षमा नमूनाको रूपमा सञ्चालन गरिने छ । युवा वैज्ञानिकलाई प्रोत्साहित गर्न अनुसन्धान वृत्तिको व्यवस्था गरिने छ ।बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइने लगायतका विषय सरकारको नीतिमा उल्लेख छ । सरकारले यसै नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट ल्याउने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ