नेकपा मालेको महाधिवेशनमा बन्द सत्र जारी

नेकपा मालेको महाधिवेशनमा बन्द सत्र जारी

  • आइतवार, बैशाख २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ ,२६ वैशाख ।
नेकपा मालेको साताँै राष्ट्रिय महाधिवेशनमा आज देखि बन्द शत्र सुरु भएको छ ।
राजधानीमा जारी महाधिवेशनको बन्द शत्रको पहिलो दिन आज पोलिटब्युरो सदस्य तथा संगठन विभाग प्रमुख एनपि आचार्यले संगठनात्मक प्रतिवेदन पेश गरिरहनुभएको छ ।

अपरान्हबाट सुरु भएको बन्दशत्रमा आज संगठनात्मक प्रस्ताव प्रस्तु भईसकेपछि सो प्रस्तावमाथि छलफल गरिने र भोली मात्रै अन्य प्रतिवेदन पेश हुने पार्टी महासचिव सिपि मैनालीले जानकारी दिनुभयो ।

उपप्रधान तथा महिला बालबालिका मन्त्री समेत रहनु भएका पार्टी महासचिव मैनालीले तयार गर्नुभएको राजनीतिक प्रतिवेदन ,बिधान संसोधन र आर्थिक प्रतिवेदन भने भोली मात्र पेश हुनेछन् ।

यस्तै बन्दशत्रमा पार्टीको सिद्धान्तमा नेपाल चिन्तन बिषयक छुट्टै प्रतिवेदन पनि प्रस्तुत गर्ने तयारी रहेको मैनालीले जानकारी दिनुभयो । बन्दशत्र अहिले पनि जारी छ ।
महाधिवेशन अन्तरगत आगमी २८ गते नयाँ कार्यसमिति चयन हुनेछ ।
महाधिवेशन सहभागी हुन ७५ जिल्लाका झण्डै ५ सय प्रतिनिधि सहभागी भएका छन् । नेकपा एमालेसँग फुटेपछि पहिलो पटक हुन थालेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ