१ सय ७१ करोड कमाउन सफल भयो हलिउड चलचित्र जंगल बुक

१ सय ७१ करोड कमाउन सफल भयो हलिउड चलचित्र जंगल बुक

  • आइतवार, बैशाख २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

एजेन्सी ,२६ वैशाख ।
२०१६ को मे सम्म आईपुग्दा हलिउडको ‘जंगल बुक’ फिल्म सबैभन्दा हिट भएको छ । पाँचौं महिनासम्म आइपुग्दा बलिउड बजारमा सबभन्दा ठूलो हिट फिल्म हलिउडको ‘जंगल बुक’ले सबैलाई उछिनेको हो ।

भारतीय बजारमा रिलिज भएका फिल्म मध्ये कमाइमा सबै हिन्दी फिल्ममा हलिउड फिल्म ‘जंगल बुक’ले अहिलेसम्म भारतमा १ सय ७१ करोड कमाएको छ । यसपछि धेरै कमाउनेमा बलिउड फिल्म ‘एयरलिफ्ट’ छ ।
यसले १ सय २७ करोड कमाएको छ । यस वर्ष यी दुई फिल्मले मात्र सय करोड कमाएका छन् ।

सुपरस्टार शाहरुख खानको फिल्म ‘फ्यान’ यस अवधिमा रिलिज भए पनि यसले सय करोड पनि कमाउन सकेको छैन । ‘फ्यान’ले ८४ करोड कमाए पनि लगानी धेरै भएकाले यो फिल्म फ्लप घोषित भएको छ । बरु, सोनम कपुरले मुख्य भूमिकामा अभिनय गरेको सानो बजेटको फिल्म ‘निरजा’ले ७५ करोड कमाएर हिट भयो ।
यी बाहेक यो वर्ष अहिलेसम्म धेरै कमाई गर्ने फिल्ममा ‘कपुर एन्ड सन्स’ले ७३ करोड, ‘बागी’ले ६२ करोड र ‘कि एन्ड का’ ५१ करोड कमाइ गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी