काठमाण्डौ २६ वैशाख ।
एनसेलले सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको छ । एनसेलले आज ठूला करदाताको कार्यालयमा कर बुझाएको हो ।
एनसेलले ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार चालीस रुपैयाँ लाभकर वाफत बुझाएको आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले जानकारी दिनूभयो ।
एनसेलले ३९ अर्ब रुपैयाँ तिर्नुपर्ने छ । बाँकी रकम पछि तिर्ने उसको प्रतिबद्धता व्यक्तगरेको छ ।
लामो समदेखि कर तिर्ने र नतिर्ने विषमा बहस भइरहँदा एनसेलले झण्डै १० अर्ब कर दाखिला गरेको हो ।
कर दाखिला गर्न एनसेलले केहि दिन अघिदेखि नै तयारी गरेको थियो । स्वीडेनको टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा बेचेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline