काठमाण्डौ ,२६ वैशाख ।
भक्तपुरको सूर्य्विनायकमा आज बिहान ३ बजे मोटरसाइकल दुर्घटनाहुदाँ एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोट जिल्ला चोर्थे–९ का २८ वर्षीय युवराज श्रेष्ठ रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुर कन्ट्रोलका अनुसार तीनजना सवार बा २४ प ४९ ९४ नंको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब चार मिटर तल नालीमा खसेर दुर्घटना भएको थियो ।
मृतकको टाउकोमा गम्भीर चोट लागेकाले भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार २० वर्षीय अनिल राई र २१ वर्षीय विराज गुरुङको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline