सिण्डिकेट विवादले राप्ती अञ्चलमा सार्वजनिक यातायात ठप्प

सिण्डिकेट विवादले राप्ती अञ्चलमा सार्वजनिक यातायात ठप्प

  • आइतवार, बैशाख २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

दाङ ,२६ वैशाख ।
सिण्डिकेट विवादका कारण आज पनि राप्ती अञ्चलमा सार्वजनिक यातायातका साधन सन्चालनमा आउन सकिेका छैनन् ।
यातायात ठप्प हुँदा दाङ, सल्यान, रोल्पा, रुकुम र प्युठानको जनजीवन प्रभावित बनेको छ । नीजि सवारी साधन फाट्टफुट्ट चले पनि सार्वजनिक यातायात भने ठप्प रहेको हाम्रा सहकर्मीले जनाएका छन् ।

मालिका कालिका यातायात प्रालीले तुलसीपुर–रुकुम सडकखण्डमा गाडी सञ्चालन गर्न थालेपछि व्यावसायीबीच बिबाद भएपछि बिरोधमा हिजोबाट सार्वजनिक यातायातका साधन ठप्प पारीएको थियो ।

प्रालीका गाडीमा तोडफोड र झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट तीन जना व्यवसायी घाइते भएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ राप्तीले अञ्चलभर अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेको छ ।

यातायात व्यवसायीको कार्यक्रमलाई समर्थन गर्दै तुलसीपुर उद्योग बाणिज्य संघले आज बजार बन्दको आह्वान गरेको छ ।

संघको आह्वानमा आज विहानैदेखि तुलसीपुरका व्यापार व्यवसाय बन्द छन् । व्यवसायीलाई घइते बनाउने प्रहरीलाई कारवाही नभएसम्म चक्काजाम जारी रहने महासंघले जनाएको छ ।

यसअघि राप्ती समितिले मात्रै दाङ–काठमाडौ बस सञ्चालन गर्दै आएकोमा मालिका कालिका यातायात प्रालीले पनि पुस १८ देखि डिलक्स गाडीहरु सञ्चालन गर्दै आएको छ । प्रालीले शुक्रबारदेखि रुकुममा पनि गाडी सञ्चालन गर्न खोजेपछि प्राली र समितिबीच विवाद सुरु भएको हो ।

तुलसीपुरबाट रुकुम जान थालेको प्रालीको गाडीलाई राप्ती समितिले अबरोध गरेपछि झडप भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ