व्यवस्थापिका संसदमा आज निति तथा कार्यक्रम पेश हुदै

व्यवस्थापिका संसदमा आज निति तथा कार्यक्रम पेश हुदै

  • आइतवार, बैशाख २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ २६ वैशाख । 

व्यवस्थापिका संसदमा आज सरकारले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तत गर्दैछ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आज अपरान्न ४ बजे सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले निति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नु भएको सात महिनापछि सरकारको निति तथा कार्यक्रम आउन लागेको हो । सरकारले पेश गरेको निति तथा कार्यक्रममाथि संसदमा दुई दिन छलफल हुने संसद सचिवालयका सहयक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

छलफलपछि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपीशर्मा ओलीले जवाफ दिनुहुने कार्यसुची रहेको छ । निति तथा कार्यक्रममा सरकारले यसपटक आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्याउने लक्ष्य लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ