ताप्लेजुङ सदरमुकाममा फेरी आगलागी २ घर जलेर नष्ट, क्षतिको पूर्ण विवरण आउन बाँकी

ताप्लेजुङ सदरमुकाममा फेरी आगलागी २ घर जलेर नष्ट, क्षतिको पूर्ण विवरण आउन बाँकी

  • शनिबार, बैशाख २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

ताप्लेजुङ , २५ वैशाख ।

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आज दिउँसो २ बजेर ३० मिनेट जाँदा बजारको कफी हाउस नजिकै नेत्र बरालको घरबाट आगो उत्पन्न भई दुई घर जलेर नष्ट भएको छ । लाखौँ धनमाल जलेर नष्ट भएको आगलागी पीडितको भनाई छ ।
आगोले नेत्र बराल र पदम पौडेलको घर जलेर नष्ट भएको छ । सदरमुकाम फुङलिङ बजारमा २०७१ साल चैत्र ९ गते पनि तोक्मे डाँडामा आगो लाग्दा करोडौँ धनजनको क्षति हुनको साथै दर्जनौँ घर जलेर नष्ट भएको थियो ।

आगो ताप्लेजुङ नगरपालिकाको दमकलको सहायतामा नेपाल आर्मी, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र समुदायको प्रयासमा आगो दिउँसो ४ बजे नियन्त्रणमा लिईएको छ । अहिले आगो पूर्ण रुपमा नियन्त्रणमा लिईएको छ ।

आगो के कारणले लागेको हो थाहा हुन सकेको छैन । आगलागीबाट कति क्षति भयो भन्ने पूर्ण विवरण भने आईनसकेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ