वर्तमान सरकारले नै स्थानीय निकायको निर्वाचन गराउछ : थापा

वर्तमान सरकारले नै स्थानीय निकायको निर्वाचन गराउछ : थापा

  • शनिबार, बैशाख २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ, २५ बैशाख ।

उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले वर्तमान सरकारले नै स्थानीय निकाय र संसदीय निर्वाचन गराउने दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री थापाले केपी ओली नेतृत्वको सरकारले नै स्थानीय निकाय र डेढ वर्षमा संसदीय चुनाव गराउने ठोकुवा गर्नुभयो ।

वर्तमान सरकारले बजेट ल्याउने र त्यसपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर बाहिर चर्चामा आएजस्तो सम्झौता नभएको दावी पनि गर्नुभयो ।

नेकपा एमाले र एकीकृत नेकपा माओवादीका बिचमा भएको पछिल्लो नौ बुँदे सहमति सार्वजनिक भइसकेको भन्दै उहाँले सहमति पत्रमा लेखिएका बाहेक अरु कुनै भद्र सहमति नभएको दावी गर्नुभयो ।

दुई दलबिच संविधान अनुसार नै द्वन्द्वकालीन मुद्दा न्यायपूर्वक समाधान गर्ने सहमति भएको जानकारी दिँदै अब द्वन्द्वकालीन मुद्दाका बारेमा सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्ने मन्त्री थापाले स्पष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री बनेपछि अमेरिका, बेलायत र भारत लगायतका देशको भ्रमण गरेका थापाले ती देश नेपालको संविधानप्रति सकारात्मक रहेको पनि बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ