काठमाण्डौ ,२५ वैशाख ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राज्यले तराईका सिमान्तकृत र पिछडीएका वर्गका समस्या सम्बोधन गर्ने अवसर गुमाएको बताउनुभएको छ ।
साथै अध्यक्ष यादवले तराईका समस्यालाई नयाँ संविधानमार्फत् सम्बोधन गर्न राज्य चुकेकाले अब नयाँ विद्रोह सुरु हुने चेतावनी दिनुभएको छ । विद्रोहबाट हुने क्षतिको जिम्मेवारी राज्यले लिनुपर्ने उहाँले वताउनुभयो ।
अध्यक्ष यादवले संविधान पुनर्लेखन गरेर तराईका समस्या हल नगरे आन्दोलनलाई सशक्त बनाइने बताउनुभयो । जनताका अधिकार स्थापित गर्न आन्दोलनको विकल्प नदेखिएको उहाँको भनाइरहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline