गोरखामा आज तेस्रो दिन पनि सार्वजनिक यातायातका साधन चलेन

गोरखामा आज तेस्रो दिन पनि सार्वजनिक यातायातका साधन चलेन

  • शनिबार, बैशाख २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

वैशाख २५, गोरखा ।
पक्राउ परेका यातायात व्यवसायीलाई बिना शर्त रिहाइको माग गर्दै आह्वान गरेको यातायात बन्दका कारण आज तेस्रो दिन पनि गोरखाको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण जिल्लामा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन नचल्दा यात्रुले सास्ती भोग्नु परेको छ ।

आरुघाट यातायात प्रालिको बस संचालनमा अवरोध गर्न गएका आफ्ना २३ जना व्यवसायी प्रक्राउ परेको विरोधमा पृथ्वीराजमार्ग बस संचालक समिति र गोरखा यातायातले
बन्दको आव्ह्रान गरेका हुन् ।

पक्राउ परेकालाई विनाशर्त रिह गर्नुपर्ने उनीहरुको माग छ । गोरखा यातायात र पृथ्वीराजमार्ग बस संचालक समितिको सिन्डिकेटको पक्षमा स्थानीय राजनीतिक दलले समेत साथ दिएका छन् ।

प्रक्राउ परेकाहरु विरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरि सकेको छ । मुद्दा फिर्ता भएमात्रै तीन दिन देखिको बन्द खुलाउने यातायात व्यवसायीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ