मोर्चाद्धारा संसद बैठक बहिस्कार

मोर्चाद्धारा संसद बैठक बहिस्कार

  • शुक्रबार, बैशाख २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाण्डौ ,२४ वैशाख ।
व्यवस्थापिका संसदको आजको बैठक मधेसी मोर्चा आबद्ध दलहरुले बहिष्कार गरेका छन् । बैठकको सुरुमा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले आफ्नो धारणा राखेपछि आफ्नो मागप्रति राज्य उदासिन भएको भन्दै आजको संसद बैठक बहिष्कार गरेका हुन् ।

बैठकमा बोल्दै राईले मधेसी मोर्चाको मागप्रति सरकार उदासिन भएको आरोप लगाउन’ भयो । उहाँले आफूहरु वार्ता र संवादमाफर्त नै समस्या समाधान गर्ने पक्षमा रहेपनि सरकारले वास्ता नगरेको गुनासो गर्नभयो । मोर्चाको बहिष्कारकाबीच संसद बैठकमा बजेटको मार्ग्निर्देशक सिद्धान्तका विषयमा छलफल जारी रहेको छ ।

मधेसी मोर्चाको घोषित नीति अनुसार नै मोर्चा आबद्ध दलले संसद बहिष्कार गरेका हुन् ।अहिले प्रि बजेटमाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ