आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन

  • शुक्रबार, बैशाख २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडौ ,२४ वैशाख ।
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा सम्मान र कृतज्ञता प्रकट गरी मनाइदैछ । हरेक वर्ष वैशाख कृष्ण औंसीलाई आमाको मुख हेर्ने दिनका रुपमा मनाउने गर्दछन् ।

भगवान विष्णुले मातृ वियोग भएका व्यक्तिहरुलाई मातातीर्थ कुण्डमा स्नान गर्न लगाई दिवंगद् मातालाई दर्शन गराएको धार्मिक विश्वासका साथ यो पर्व मनाउने गरिन्छ ।

आजका दिन बिहानैदेखि छोराछोरीले नुवाई धुवाई गरी आमालाई मीठामीठा परिकार बनाई खुवाउने तथा उपहार दिएर आशिर्वाद लिने प्रचलन छ । विवाह गरि गएका चेली आजका दिन आमाको मुख हेर्न माइती आउने गर्दछन् ।

आमा नभएकाहरूले आजका दिन आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान सहित भोजन गराई दिवंगत आमाको आत्माको शान्तिको कामना गर्दै आमालाई सम्झिने गरिन्छ ।

राजधानीको थानकोटस्थित मातातीर्थमा दिवंगत आमाको सम्झनामा श्रद्धा तथा दान गर्न आज बिहानैबाट दशनार्थीको ठूलो भिड लागेको छ ।

आजका दिन मातातीर्थ स्थित कुण्डमा स्नान गरी दान गरेमा दिवंगत हुने आमाको छोरा छोरीले तिर्नु पर्ने ऋणबाट मुक्त हुने धार्मिक विश्वास रहिआएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ