काठमाडौ ,१७ वैशाख ।
एकिकृत नेकपा माओवादीको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ । लाजिम्पाटस्थित अध्यक्ष दाहालको निवासमा जारी बैठकमा हिजोको पेश भएको एजेन्डमाथि सदस्यहरुले बोल्ने क्रम जारी रहेको बताइएको छ ।
आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रका साथै पार्टीको संगठनात्मक विषयमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको पार्टी प्रवत्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
बैठकले आगामी वैशाख २१ गतेबाट सुरु हुने संसदको बजेट अधिवेशनमा पार्टीको भूमिकाका साथै आगामी निति तथा कार्यक्रम तय गर्ने प्रवत्ता शर्माले बताउनु भयो ।
यसअघि हिजोको बैठकमा समिति सदस्यहरुले पछिल्लो समय पार्टी कमजोर भएको भन्दै यथासक्य छिटो पार्टी एकिकरण गर्न सुझाव दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline