काठमाडौ ,१६ वैशाख ।
एकिकृत नेकपा माओवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । लाजिम्पाट स्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा जारी बैठकमा सरकारको निति तथा कार्यक्रमका साथै बजेटका विषयमा छलफल भइरहेको छ ।
बैठकमा आगामी आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रका साथै पार्टीको संगठनात्मक विषयमा पनि छलफल हुने वनमन्त्री समेत रहनु भएका एमाओवादी नेता अग्नीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
ससद अघिवेशन आह्वान भएको अवस्थामा बोलाइएको बैठकले आगामी वैशाख २१ गतेबाट सुरु हुने संसदको बजेट अधिवेशनमा पार्टीको भूमिकाका साथै आगामी निति तथा कार्यक्रम तय गर्ने जनाएको छ ।
बैठकमा पार्टीका विभाग, जनवर्गीय संगठनको परिपूर्ति एवम् पार्टी एकताका विषयमा समेत छलफल हुने मन्त्री सापकोटाले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline