आजदेखि घरदैलो कार्यक्रम सुरु

आजदेखि घरदैलो कार्यक्रम सुरु

  • बिहिबार, बैशाख १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ १६ वैशाख ।  

सरकारले आजदेखि विद्यालय भर्ना अभियानमा छुटेका बालबालिकालाई लक्षित गरी घरदैलो कार्यक्रम सुरु गरेको छ ।

वैशाख २ देखि १५ गतेसम्म चलेको विद्यालय भर्ना अभियानका क्रममा छुटेका बालबालिका पहिचान गर्न कार्यक्रम सुरु गरिएको शिक्षा विभागले जनाएको छ ।

भर्ना अभियान चलाउँदा पनि भर्ना नभएका ५ देखि १२ वर्षसम्मका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन घरदैलो कार्यक्रम गर्न लागिएको विभागका महानिर्देशक खगराज बरालले बताउनु भयो ।

अनिवार्य शिक्षाको लागि सरकारले २०६१ सालदेखि भर्ना अभियान सञ्चालन गर्दै आएकोमा ११ लाख भन्दा धेरै बालबालिका अझैपनि विद्यालय बाहिर रहेको विभागको तथ्यांक छ ।

उनीहरुलाई शिक्षाको पहुँचमा ल्याउन सरकारले विभिन्न चेतनामुलक कार्यक्रम पनि गरिरहेको बरालले बताउनु भयो ।

चेपाङ्ग, दनुवार, किसन, माझी, मुसीवदिया, बोटे, कुसुण्डा, लेप्चा, राजी, सतार, धामी लगायतका पिछडिएका वर्गलाइ शिक्षाको पहुँचमा ल्याउनु चुनौती देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ