आगामी २० गतेसम्म नियमावली मस्यौदा समितिको बैठक स्थगित

आगामी २० गतेसम्म नियमावली मस्यौदा समितिको बैठक स्थगित

  • बुधबार, बैशाख १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ ,१५ काठमाण्डौ ।
कोरम नपुगेपछि व्यवस्थापिका संसदको नियमावली मस्यौदा समितिको बैठक आगामी २० गते सम्मका लागी स्थगित भएको छ ।

सदस्यहरुको उपस्थित न्युन भएपछि समितिको बैठक आउँदो २० गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।

नियमावली मस्यौदा निर्माणमा देखिएको विवाद समाधानका लागि दुई विकल्पमा केन्द्रित भएर छलफल गर्नका लागी आज समितिको बैठक बोलाईएको थियो । तर, ६१ सदस्यीय समितिका १८ सदस्य मात्रै उपस्थित थिए ।

बैठकमा कोरम नै नपुगेपछि छलफल भएपनि निर्णय गर्न नसकिने भएपछि बैठक नै स्थगित गर्नुपरेको नियमावली मस्यौदा समितिका सदस्य रामनारायण बिडारीले बताउनु भयो ।

छलफलका लागि १७ सदस्य भए पुग्ने र निर्णयका लागि कूल सदस्य संख्याको ५० प्रतिशत उपस्थिति हुनुपर्ने बिडारीको भनाइ छ ।

संसद बैठक २१ गते आह्वान गरिए पनि नियमावली टुंगो लागेको छैन । ‘राजनीतिक परामर्शका आधारमा सबैको सहमतिमा विवाद टुंगो लगाउने भन्दै समितिका सभापति राधेश्याम अधिकारीले संसद बैठक सुरु हुनुभन्दा अघि नै विवाद टुगीने बताउनु भयो ।

मस्यौदा निर्माणका क्रममा संसदीय सुनुवाइ विशेष समितिको सदस्य संख्यामा मुख्य विवाद छ । यसअघि मस्यौदा समितिले सुनवाइ विशेष समिति सदस्य संख्यामा देखिएको विवाद मतदानबाट टुंगो लगाउने तयारी गरेको थियो । पछिल्लो पटक भने विवादित विषयलाई फरक मतका रुपमा संसदको पूर्ण बैठकमा पठाउने विकल्प समेत अघि सारिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ