काठमाडौ १५ वैशाख ।
धनकुटामा आज बिहान जन्ती लिएर गएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
धनकुटाबाट जन्ती लिएर इटहरीका लागि छुटेको को १ ख २९३२ नम्बरको बस बिहान साँढे आठ बजे कोशी राजमार्गको आत्मारा नजिकै पल्टिएर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बसका चालक धरान १५ का विजयी लामिछाने रहेको पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । उनी बसले च्यापिएको अवस्थामा मृत फेला परेको थियो ।
दुर्घटनामा परी घाइते भएकाहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।
बसलाई ओभरटेक गर्न खोज्ने मोटरसाइकललाई जोगाउने क्रममा बस सडकमै पलिटएको धनकुटा प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।