सबै राजनितिक दललाई पुननिर्माणमा कार्यकर्ता खटाउन प्रधानमन्त्रीको आग्रह , ११ सय इन्जिनियरको बिदाई

सबै राजनितिक दललाई पुननिर्माणमा कार्यकर्ता खटाउन प्रधानमन्त्रीको आग्रह , ११ सय इन्जिनियरको बिदाई

  • बुधबार, बैशाख १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 काठमाडौ १५ वैशाख ।
प्रधानमन्त्री केपि शर्मा ओलीले भुकम्प प्रभावित क्षेत्रको पुननिर्माणका लागी आफ्ना कार्यकर्ता परिचालन गर्न सबै राजनितिक दललाई आग्रह गर्नुभएको छ ।

भुकम्प प्रभावित क्षेत्रमा खटिने ईन्जिनियरहरुलाई दिएको तालिम समापन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले पुननिमर्माणलाई प्रधावकारी बनाउन सबै राजनितिक दललाई कार्यकर्ता खटाउन आग्रह गर्नुभएको हो ।

उहाले अब कुरा नभएर काम गर्ने समय आएको भन्दै भुकम्प प्रभावित क्षेत्रमा प्रत्येक दलबाट स्वयमसेवक परिचालन गरेर पुननिर्माणमा राजनैतिक सहमती र एकता देखाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले पुननिर्माणको काम गर्दा भुकम्प प्रतिरोधि संरचना निर्माणमा ध्यान दिन आग्रह गर्दै अहिले खटिने ईन्जिनियरहरुलाई ईमान्दारीत पुर्वक जनताको सेवा गर्न निर्देशन समेत दिनुभएको छ ।

यस्तै कार्यक्रममा राष्ट्रिय पुननिर्माणका प्राधिकरणका कार्यकारी निर्देशक शुसिल ज्ञवालीले नवनियुक्त ईन्जिनिरहरुले भुकम्प प्रतिरोधात्मक भवन निर्माणमा प्राविधिक सल्लाह दिने ,अनुदान रकम वितरण गर्ने तथा जनतासँगको समन्वयमा काम गर्ने बताउनु भयो ।

सरकारले भूकम्प अति प्रभावित जिल्लाका वडामा दुई जना ईन्जििनीयर सहित १३ सय ४६ जना कर्मचारी परिचालन गरेको निर्देशक ज्ञवालीले जानकारी दिनुभयो ।

निजी आवास पुनरनिर्माणका लागि ११ सय इन्जिनियर दुई दिन सम्म तालिम दिईएको थियो । उनीहरु भोलीबाट कार्यस्थलमा खटिने भएका छन् ।

सरकारसँगको समन्वयमा प्राधिकरणले विज्ञद्धारा तालिम प्राप्त इनिजनियरहरुलाई अनुदान पाउन योग्य भूकम्प प्रभावित ११ जिल्लामा निजी आवास निर्माणमा प्राविधिक सहयोगका लागि पठाउने भएको हो ।

प्रभावित जिल्लामा खटिने ईन्जिनियरहरुलाई प्रधानमन्त्री ओलीले आजै बिदाई गर्नुभयो । अमेरिकी सहयोग नियोग युएसएडको आर्थिक सहयोगमा तालिम पाएका इनिजनियरले गाउँ गाउँमा पुगेर भूकम्प प्रतिरोधि निजी आवास निर्माणमा प्राविधिक सहयोग पुर्याउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ