संघिय गठबन्धनको आन्दोलन आजबाट

संघिय गठबन्धनको आन्दोलन आजबाट

  • बुधबार, बैशाख १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ,१५ वैशाख ।
मधेशी मोर्चा तथा विभिन्न जनजाति दल आवद्ध संघिय गठबन्धले आजबाट दोस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु गरेको छ ।

प्रदेश सिमांकन लगायत विभिन्न माग राखी लामो समयदेखि आन्दोलन गर्दै आएका गठबन्धनले पूर्व घोषित कार्यक्रम अनुसार आजबाट दोस्रो चरणको आन्दोलन सुरु गरेको हो ।

आज देशभरिका जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई २६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउने तयारी भएको गठबन्धनका प्रवक्त पर्शुराम तामाङले जानकारी दिनुभयो ।

आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने गठबन्धनले दावी गरेको छ । यसअघि पहिलो चरणमा मधेशी मोर्चाले सिमा केन्द्रित गरेको आन्दोलन हिंसात्मक बनेको थियो ।

दोस्रो चरणको आन्दोलन राजधानी केन्द्रित गर्ने भनिएकोमा क्षेत्रियस्तरमा विकेन्द्रिकृत गरिएको छ । आफूहरुको माग सम्बोधन नभएसम्म आनदोलन जारी रहने गठबन्धनले जनाएको छ ।

आन्दोलनका कार्यक्रम अनुसार वैशाख १७ गते विभिन्न जिल्लाका सरकारी कार्यलयहरुमा कालो झन्डा गाड्ने गठबन्धनको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ