काठमाण्डौ , १४ वैशाख ।
सरकारले संसदको बजेट अधिवशेन २१ गते ११ बजे बस्ने गरी बोलाउन राष्ट्रपतिलाई सिफारिश गरेको छ ।
सिंहदरवारमा आज बिहान बसेको मन्त्रिपरीषद बैठकले वैशाख २१ गते बजेट अधिवेशन बोलाउने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
यसैगरी बैठकले सशस्त्र प्रहरीको प्रमुखमा दुर्जकुमार राईलाई बढुवा गरेको छ । उहालाई कायममुकायमबाट प्रमुखमा बढुवा समेत गरिएको छ ।
यस्तै झुटो विवरण पेश गरेर रुपन्देहीबाट नेपाली नागरिकता लिने ३ जना भारतीय नागरिकको नागरिकता खारेज गरेको छ भने युवा परिषद्को संगठन सञ्चालनको दरबन्दी सिर्जना गरेको छ ।
नागरिकता खारेज हुनेमा भारतीय नागरिकहरु महेन्द्रकुमार मिश्र, अनिलकुमार मिश्र र सतिशकुमार मिश्र छन् । बैठकले कही सहसचिवहरुको सरुवा समेत गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline