काठमाडौ १४ वैशाख ।
मन्त्री परिषदको बैठक आज बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा बजेट अधिवेशन आह्वान गर्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।
आजको बैठकले संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफरिस गर्ने प्रधानमन्त्रीका राजनितिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनु भयो ।
नयाँ संविधानमा सरकारले जेठ १५ गते भित्र आउँदो आर्थिक वर्षको बजेट ल्याउनु पर्ने व्यवस्था छ । सोही अनुरुप बजेट अधिवेशन बोलाउने तयारी भएको हो ।
यसअघि हिजो नै सभामुख ओनसरी घर्तीले आगामी वैशाख २१ गते संसदको अधिवेशन बोलाउन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्रचार गरिसक्नु भएको छ ।
यद्यपी सभामुखको कदम संवैधानिक प्रावधान विपरित रहेको भन्दै संसद सचिवालय भित्रकै केही कर्मचारीले असन्तुष्टी जनाएका छन् भने राष्ट्रपति कार्यलयबाट पनि सभामुखको पत्रको केही प्रतिक्रिया आएको छैन ।
महेन्द्र राजमार्ग्स्थित रुपन्देहीको बुटवलमा गएराति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृतक करिब ५५ वर्षीय पुरुष रहेको उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।