काठमाण्डौ ,१३ वैशाख ।
प्रधानमन्त्री केपि शर्मा ओलीले हल्लाको पछि नलागि बिनाहिचकिटाहट नेपालमा लगानी गर्न बिदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
गत वैशाख १२ को भुईचालोले नेपालका सबै क्षेत्रमा पुर्ण क्षति पुर्याएको भन्ने हल्लको पछि नलागी ढुक्क भएर लगानी तथा नेपाल भ्रमणमा आउन बिदेशी लगानीकर्ता तथा पर्यटकलाई आग्रह गर्नुभएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयद्धारा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भुईचालोले नेपालका ऐतिहासिक ,पुरातात्वीक स्थलमा आंसिक क्षति पुगेकोले ती स्थलको भ्रमण गर्न सकिने बताउनु भयो ।
विश्वको सर्बोच्व सिखर सगरमाथा , गौतम बुद्धको जन्मस्थल लुम्बीनि , पशुपतिनाथ मन्दिर ,तथा पाटन ,भत्तपुर ,हुनुमानढोका तथा अन्य प्राकृति सुन्दरताको अवलोक गर्न र घुम्न आउन बिदेशी पर्यटकलाई आग्रह गर्नुभयो ।
ओलीले भ्रमण तथा लगानीका लागी नेपाल सुरक्षीत र उपयुत्त छभन्ने सन्देशलाई विश्वभर फैलाउन नेपाल आएका पर्यटक ,सरकार तथा निजी क्षेत्रको थप पहल हुन आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।
सोहि कार्यक्रममा प्रधानमन्त्री ओलीले चीन ,भारत ,टर्की ,थाईल्याण्ड र न्युल्याण्डबाट नेपाल भ्रमणका लागी आएका पर्यटकलाई दोसल्ला ओडाएर सम्मान सकेत गर्नुभएको थियो ।
नेपालको आन्तरीक तथा बाह्य पर्यटक पबद्र्धनका लागी मन्त्रालयले यसबर्षलाइ घुमफिर बर्षका रुपमा मनाउन सुरु गरेको हो ।