काठमाडौ १३ वैशाख ।
१७ औं मनमोहन स्मृति दिवसका अवसरमा सत्तारुढ दल नेकपा एमालेले आज विभिन्न कार्यक्रमको आयोजना गरेको छ । तत्कालिन पार्टी अध्यक्ष मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।
अधिकारीको सम्झनामा एमालेले आज राजधानी सहित विचार गोष्ठी, अन्तरक्रिया र स्मृति सभाको आयोजना गरेको छ । वर्तमान अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मनमोहनको सालिकमा माल्यार्पण गर्नुभएको छ ।
अधिकारीको नेपालको बाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो । आधा शतब्दीको आफ्नो राजनितिक जीवनमा छोटो समय प्रधानमन्त्री बन्नु भएकाले अधिकारीले आफ्नो कार्यकालमा बजेट मार्फत ल्याउनु भएका सार्वजनिक सुरक्षाका कार्यक्रमहरु निकै चर्चित भएका थिए ।
२०५१ सालमा उहाँको नेतृत्वमा गठन भएको अल्पमतको सरकार नेपाली राजनितिक इतिहासमा लोकप्रिय मानिन्छ । अधिकारी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य समेत हुनुहुन्थ्यो ।