नयाँ शक्ति नेपालद्धारा श्रद्धान्जली सभा सम्पन्न

नयाँ शक्ति नेपालद्धारा श्रद्धान्जली सभा सम्पन्न

  • आइतवार, बैशाख १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

महाविनाशकारी भूकम्पको एक वर्षको सन्दर्भमा मृतकहरु प्रति श्रद्धान्जली व्यक्त गर्न नयाँ शक्ति नेपाल क्लीन काठमाडौं ग्रीन काठमाडौं अभियान सहित अन्तर्धामिक समाज समेतको संयुक्त आयोजनामा न्यूरोड स्थित जुद्ध सडकमा एक कार्यक्रमको आयोजना गरियो ।

सो कार्यक्रममा भूकम्प पिडित चन्दा बज्राचार्य, कवि दुर्गालाल श्रेष्ठ श्रेष्ठले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा. बाबुराम भट्टराईले भूकम्प पिडितहरुको पीडालाई सरकारले सम्बोधन गर्न नसकेको, दाताहरुको सहयोगको पनि सदुपयोग गर्न नसकेको, राहत तथा उद्धार सामाग्रीमा समेत भ्रष्टाचार गरेर सरकारले आफ्नो निकृष्टता प्रदर्शन गरेको प्रति टिप्पणी गर्दै कठीन परिस्थितका बाबजुद पनि नवनिर्माण गर्नुको विकल्प नरहेको भन्दै आम जनसमुदायलाई नवनिर्माणमा सहभागी हुन आग्रह गर्नुभयो ।

सो कार्यक्रम समापन भएपछि नयाँ शक्ति सम्बद्ध अभियन्ताहरुले वसन्तपुर क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ