काठमाडौ १२ वैशाख ।
साताव्यापी बेलायत भ्रमण सकेर सभामुख ओनसरी घर्ती आज स्वदेश फर्किदै हुनुहुन्छ । उहाँ आज बिहान ११ बजे काठमाडौ आइपुग्ने उहाँको निजी सचिवालयले जनाएको छ ।
बेलायती संसदको अभ्यास अवलोकनका लागि सभामुख घर्ती सहित कांग्रेस, एमाले, एकिकृत नेकपा माओवादी र रापप्रपा नेपालका प्रमुख सचेतक बेलायत प्रस्थान गरेका थिए ।
टोलीमा संसद सचिवालयका मनोहर प्रसाद भट्टाराई तथा सचिव मुकुन्द शर्मा समेत सहभागी हुनु हुन्थ्यो ।
आज स्वदेश फर्किनु भए लगत्तै सभामुख घर्तीले बजेट अधिवेशन आह्वान गर्ने सम्बन्धमा दलका नेताहरुसँग छलफल गर्ने बताइएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेट अधिवेशन ततकाल आह्वानका लागि दवाव दिदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline