राजनितिक मुद्धामा सेनालाई नतान्न नेता सिटौलाको आग्रह

राजनितिक मुद्धामा सेनालाई नतान्न नेता सिटौलाको आग्रह

  • शनिबार, बैशाख ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाण्डौ , ११ वैशाख ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक मुद्धामा नेपाली सेनालाई मुछेर बिबादमा नतान्न आग्रह गर्नुभएको छ ।

गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले राजनितिक समस्या समाधान गर्न नेपालका राजनीतिक दलहरु सक्षम रहेको भन्दै सेनालाई जोडेर अनावश्यक टिप्पणी नर्गन पनि आग्रह गर्नुभयो ।

उहाले पूर्व राष्ट्रपति रामवरण यादवले संविधान जारी नगरेको भए सेनाले कु गर्ने थियो भनी दिएको अभिव्यक्ति र प्रधानमन्त्री केपि ओलीले राष्ट्रपतिले नै कु गर्न खोजेका हुन् भन्दै दिएको अभिव्यक्ति अनावश्यक भनी रहेको टिप्पडी गर्नुभयो ।

उहाले नेपाली सेना लोकतन्त्रप्रति निष्ठावान रहेको भन्दै कुनै पनि हालतमा कु नगर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रका साझा विषयबस्तुमा सबै राजनीतिक दलहरु एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै उहाले नीजि स्वार्थ छाडेर मुलक निर्माणमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा संविधानसभाका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयन गर्न चुनौती बढेको बताउनु भयो । उहाले सबै राजनीतिक दलको एकताबाट मात्र संविधान कार्यान्वयन सहज हुने भएकाले सबैलाई एकताको मार्गमा आउन आग्रह गर्नुभयो ।

कार्यक्रममा यस वर्षको जनआन्दोलन स्वर्ण पदक २०७३ बाट लोकतन्त्र प्राप्तिका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै लोकतान्त्रिक आन्दोलनका योद्धा तीर्थमान डंगोललाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ