काठमाडौ ११ वैशाख ।
प्रधानसेनापति राजेन्द्र क्षेत्री साताव्यापी अमेरिकाको भ्रमणका लागि न्युयोर्क जाँदै हुनुहन्छ । अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा उहाँ भोली तयसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।
भ्रमणका क्रममा प्रधानसेनापति क्षेत्री इन्टरनेसनल हल अफ फेम कार्यक्रममा सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
त्यहाँ रहनु हुाद उहाँले अमेरिकी सरकारका उच्चपदस्थ अधिकारीहरु लगायत वरिष्ठ सैनिक अधिकृत तथा संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
साथै उहाँले विभिन्न सैनिक संरचनाको समेत निरीक्षण गर्नुहुनेछ । मुलुकको प्रधानसेनापति बन्नु भएपछि उहाको यो तेस्रो विदेश भ्रमण हो ।
यसअघि उहाँले दुई छिमेकी मुलुक भारत र चीन भ्रमण गरिसक्नु भएको छ । उहाँ आगामी वैशाख २३ गते भ्रमण सक्काएर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रधानसेनापतिको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध थप मजबुत हुने अपेक्षा गरेको निर्देशनालयले जनाएको छ ।