आज ११ औं लोकतन्त्र दिवस, जनताको लागि जुन जोगी आए पनि कानै चिरेको ?

आज ११ औं लोकतन्त्र दिवस, जनताको लागि जुन जोगी आए पनि कानै चिरेको ?

  • शनिबार, बैशाख ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 22K
    SHARES

काठमाडौ ११ वैशाख । आज वैशाख ११ अर्थात् ११ औं लोकतन्त्र दिवस । नेपाली जनताको १९ दिन लामो बलिदानीपूर्ण संघर्षबाट मुलुकमा लोकतन्त्रको उदय भएको दिनको सम्झनामा मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी आज लोकतन्त्र दिवस मनाइदैछ ।
तत्कालीन सात राजनीतिक दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीले १२ बुदे सहमति पछि संयुक्त रुपमा सुरु गरेको जनआन्दोलन मार्फत तत्कालीन राजा ज्ञानेन्द शाहले आजकै दिन २०६३ वैशाख ११ गते राति विघटित प्रतिनिधिसभाको पुनःस्थापना गरेका थिए ।

त्यसैदिनको सम्झनामा हरेक वर्ष आजकै दिन लोकतन्त्र दिवस मनाउने गरिन्छ । दिल्लीमा सात दल र माओवादीबीच १२ बुँदे समझदारी भएपछि अगाडि बढेको शान्तिपूर्ण आन्दोलन मार्फत् नेपालमा लोकतन्त्र स्थापना भएको आज १० वर्ष पूरा भएको छ ।

०६२–६३ मा भएको जनआन्दोलनमा २५ जना नेपालीले जीवन गुमाएका थिए भने थुप्रै घाइते भए । जिउदा शहीद उमेशलाल कायस्थ सहित अझै पनि धेरै घाईतेहरुको बिचल्ली छ ।

यही आन्दोलनका कारण २०६४ जेष्ठ १५ गते पहिलो सविधान सभाको बैठकले देशमा राजतन्त्र अन्त्यको औपचारीक घोषणा गर्यो भने २०७० को दोस्रो चुनाव पछि बनेको सविधान सभाले २०७२ साल असोज ३ गते न‘या सविधान जारी गरेको छ ।
यद्यपि यो सविधानलाई मधेशवादी दल तथा आदिवासी जनजाति विभिन्न संघ सगठनहरुले स्वीकार गर्न नसकि आन्दोलन गरीरहेका छन् । जसले गर्दा सविधान कार्यन्वयन चूनौती पूर्ण बन्दै गएको छ ।

यस्तै द्धन्द्धकालिन मुद्धाको उचित छानबिनका लागि गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप, वेपत्ता छानबिन आयोगले पनि सन्तोषजनक रुपमा काम गर्न सकेको छैन ।

यस अवधिमा राजतन्त्रको ठाउमा गणतन्त्र आउनु, सविधान जारी हुनु जस्ता उपलव्धि देखिए पनि रायमाझी आयोगले दोषी देखाएका अभियुक्तहरुमाथि कार्बाही नहुनु, जनआन्दोलन दवाउन सक्रिय भूमिका खेलेका अधिकारीहरुको बढुवा हुनु , कानुन र न्याय प्रणालीमा जनचाहना अनुसार सुधार नहुनु, सामाजिक जीवनमा परिवर्तन नहुनुले जनतामा निराशा भने बढ्दै गएको छ ।

पटक पटक बनेका सरकारले जनताको माग र आवस्यकतालाई सवोधन गर्न नसकेको गुनासो बढिरहेको छ ।
यसले जनतामा जुन जोगी आए पनि कानै चिरेको जस्तो सावित हुन पुगेको विष्लेष्कहरु तर्क गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी