बारा ,९ वैशाख ।
तराईको सुरक्षा संवेदनसिलतालाई ध्यानमा राखि बाराको पथलैयामा क्षेत्रीय स्तरको सुरक्षा गोष्ठी सुरु भएको छ ।
खुल्ला सिमानाका कारण बण्ेको तस्करी कालोवजारी तथा संघिय गठबन्धनले गर्ने भनेको आन्दोलनको निगरानि गर्ने बिषयमा छलफल गर्न आजबाट गोठी सुरु भएको छ ।
गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शत्ति वस्नेतले संविधान कार्यान्वयनको बेला आईपर्ने बिभिन्न खालका सुरक्षा चुनौतिलाई समना गर्न तयारी अवस्थामा बस्न सुरक्षा प्रमुखलाई निर्देशन दिनुभयो ।
उहाले तराईको सुरक्षा संबेदनशिलतालाई ध्यानमा राख्दै जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन पनि आग्रह गर्नुभयो ।
गोष्ठिमा गृहसचिव नारायण गोपाल मलेगु ,प्रहरी महानिरिक्षक उपेन्द्र कान्त अर्याल ,कायम मुकायम ससस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राई ,राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख दिलिपराज रेग्मीको सहभागीता छ । यस्तै गृहमन्त्रालयका प्रवत्ता यादव प्रसाद कोईराला , मध्यामअन्चल क्षेत्रीय प्रशासक सहित बारा ,पर्सा ,मकवानपुर ,रौतहट ,सर्लाहि ,महोत्तरी तथा धनुसाका प्रमु जिल्ला अधिकारी तथा प्रहरी मुमुखहरु पनि गोष्ठीमा उपस्थीत रहेका छन् ।