बैशाख ९, नयाँ दिल्ली ।
भारतमा रहनुभएका पूर्वप्रधानमन्त्री एवम् नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भएको छ ।
विदेश मन्त्री स्वराजको निवासमा भएको भेटवार्तामा देउवासँग नेपालको पछिल्लो राजनीतिक अवस्था, नाकाबन्दी खुलेपछिको अवस्था, मधेशी मोर्चाको माग सम्बोधन र भुकम्पपपछिको पुनर्निर्माण लगायत बिषयमा स्वराजले चासो राख्नुभएको बताईएको छ ।
यस्तै भेटमा सभापति देउवालाई सफल कार्यकालको शुभकामना दिदै बिदेशमन्त्री स्वराजले नेपाल विकास, शान्ति र स्थिरताको दिशामा अघि बढोस भन्ने आफुहरुको चाहना रहेको पनि धारणा राख्नुभएको थियो ।
काग्रेस सभापतिमा विजयी भएपछि पहिलो पटक भारत पुग्नुभएका देउवा स्वराजलाई भेट्न उहाँकै निवास पुग्नुभएको हो । आधा घण्टा लामो छलफलमा राजदूत दीपकुमार उपाध्याय तथा भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्क प्रमुख अभय ठाकुरलगायतको उपस्थिती थियो ।
श्रीमती आरजु देउवाको स्वास्थ्य उपचार क्रममा तीन दिनअघि दिल्ली पुग्नुभएका उहाले आज स्वराजसँग भेटवार्ता गर्नुभएको हो ।